जन्मदिनको सुभकामना "आमा"😍

जन्मदिनको सुभकामना "आमा"😍


           

                    जन्मदिनको सुभकामना "आमा"😍


मैले जीन्दगीको नौ महिना एउटै ठाउँमा बसेर बिताएँ । त्यो न्यानो ठाउँ थियो । मलाई त ती दिनहरुका बारेमा कुनै ज्ञान छैन । तर तिमीलाई मेरो एक-एक हलचल याद छ होला । जीवनमा मलाई तिमीले जति ख्याल र तिमीले जति माया अरु कसैले गरेन र गर्ने पनि छैन । तिम्रो ममताको सागारमा पौडि खेल्दा खेल्दै आज ह्वेल माछा जत्तीकै ढाडे भैसकेको छु ।

कैयौँ पटक तिम्रो चित्त दुखाएको छु । तर तिम्रो चित्त कहिल्यै दुखेन । मेरा पाहाड जत्रा गल्तिहरुलाई पनि तिमीले तिल भन्दा सानो बनाइदियौ। ज्वोरोले हनहनिएको मेरो तातो निधारलाई पानिपट्टिले चिस्याइदियौ। तिमीले नै यो संसार चिनायौ, हिडन सिकायौ । हर बिहान र बेलुका खाना खान बस्दा मलाई नै सम्झीयौ । तिमीसँग दुई दिन टाढा हुँदा पनि आँशु खसाल्थ्यौ। ठाडा ठाडा उकालोहरुमा पनि आफुले स्याँ स्याँ गरेर मलाई बुई बोकेरै चढायौ । आफू कामेरै भएपनि आफ्नो पछ्यौरी मलाई नै ओढायौ ।

तिमी नै मेरी सबैभन्दा मिल्ने साथी हौ । मेरा मनका हरेक कुरा तिमीलाई नै सुनाउन चाहान्छु । मेरो दाँत हल्लिएको कुरा होस् वा खुट्टाको नङ बढेको कुरा होस् तिमीलाई नै ख्याल हुन्थ्यो । 

अहिले समिपमा नरहेपनि तिमी यी आँखाहरुमा छ्यौ, मनमा छ्यौ, मस्तिस्कमा छ्यौ । बास्तवमा म त तिम्रै शरीरको एक भाग हुँ । तिमी बिना मेरो कुनै अस्तित्व छैन । तिम्रो नामले मात्रै मेरो ओठमा हाँसो र आँखामा चम्काइ आउँदछ ।

आज यो हातको लेखाइ कुनै व्याकरणका नियमहरुमा बाँधिन चाहान्न । शब्दहरुले तिम्रो चित्र कोर्न चाहान्छन्। कानहरुले तिम्रै शब्द सुन्न चाहान्छन्। माथले तिम्रै राता चुराहरुले सजीएको हातको स्पर्श चाहान्छ। 

आमा बिना म केही पनि होइन ,  यो दिन विशेष दिन थियो र त मैले यो धर्ती देख्न पाएको हु ।  आमा छौ र त यो संसारमा भगवान छ्न जस्तो लाग्छ ।

जिन्दगीको पहिलो गुरु, जिन्दगिको पहिलो साथी, मेरी आमालाइ जन्मदिनको असीमित सुभकामना । स्वस्थ रहनु, मस्त रहनु  अनि सदैव खुसी रहनु ।।😍❤️❤️❤️

Post a Comment

Previous Post Next Post